You are viewing the translated version of जिल्ला तेजाब वा अन्य घातक रासायनिक पदार्थ नियन्त्रण समिति.

Section 20
जिल्ला तेजाब वा अन्य घातक रासायनिक पदार्थ नियन्त्रण समिति
(१) प्रत्येक जिल्लामा तेजाब वा अन्य घातक रासायनिक पदार्थको नियन्त्रण गर्न जिल्ला तेजाब वा अन्य घातक रासायनिक पदार्थ नियन्त्रण समिति रहनेछ।
(२) जिल्ला समितिमा देहाय बमोजिमका संयोजक तथा सदस्यहरू रहनेछन्‌ः-
(क) प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको जिल्ला प्रशासन
कार्यालयको अधिकृत -संयोजक
(ख) नेपाली सेनाको अधिकृत प्रतिनिधि -सदस्य
(ग) जिल्ला प्रहरी कार्यालयको अधिकृत प्रतिनिधि -सदस्य
(घ) समितिले मनोनयन गरेको विज्ञान सम्बन्धी विषयमा कम्तीमा स्नातक उपाधि प्राप्त गरी कम्तीमा तीन वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको एकजना महिला -सदस्य
(ङ) घरेलु तथा साना उच्योगसँग सम्बन्धित कार्यालयको प्रमुख सदस्य
(च) आन्तरिक राजस्व कार्यालयको अधिकृत प्रतिनिधि -सदस्य
(३) जिल्ला समितिको बैठक तथा तत्सम्बन्धी कार्यविधि सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।